‘आ बाट आमा’ को जापान राइट्स बिक्री
नेपालमा माघ १६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’ को यतिबेला चर्चा रहेको छ। टिजर र गीत रिलिजपछि झन् बढी चर्चामा पुगेको चलचित्रले नेपाली बक्स अफिसमा आकर्षक व्यापार गर्ने अनुमान गरिएको छ। विदेशमा पनि चलचित्रको डिमाण्ड बढ्दो रहेको छ।

यहि बीचमा चलचित्रको जापान राइट्स बिक्रि भएको छ। जापानमा अभिनेता पल शाहको क्रेज लोभलाग्दो रहेको छ। ओम शान्ति ओम इन्टरटेनमेन्टले चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो। चन्द्र पन्त निर्देशित चलचित्रको यस अगाडी अस्ट्रेलिया, न्यूजील्याण्ड, युएई,कतार,बहराइन र इजरायल लगायतका देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायतको मुख्य भुमिका रहेको छ। निर्देशक पन्तको कथा र पटकथा रहेको चलचित्रको संवाद लेखनमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाले लगानी गरेको चलचित्रको कार्यकारी निर्माता करण सिंह रसाली हुन्। चलचित्रमा नवराज उप्रेतीको छायांकन, कोसिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतमको संगीत र गम्भीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ।



