सौगात मल्ल र सृष्टि श्रेष्ठको ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक


सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र ‘भाइरल गोर्खे’ को रमाइलो ट्रेलर सार्वजनिक भएको छ।  बुधवार सार्वजनिक ट्रेलरले सामाजिक सञ्जालमा भाइरल हुन् एक पात्रले गर्ने अनौठा हर्कत र संघर्षको कथालाई रमाइलो हिसाबले प्रस्तुत गरिएको छ।  चलचित्रको केन्द्रीय भूमिका अर्थात् गोर्खेको भूमिकामा अभिनेता सौगात मल्ल रहेका छन्।  सौगातलाई एक्सन स्टार शिव श्रेष्ठको फ्यानको रूपमा प्रस्तुत गरिएको छ र शिव जस्तै चर्चित बन्नको लागी टिकटकमा अनेक हर्कत गरेर भाइरल हुन् गरेका दृश्य ट्रेलरमा रोचक देखिएको छ।  

पछिल्लो समय टिकटकमा लोकप्रियता हासिल गर्न धेरैले अनेक हर्कत गर्ने गर्दछन् । तर रिल लाइफमा भाइरल हुने चक्करमा रियल लाइफमा धेरैले नराम्रो परिस्थिति सामना गरिरहेका हुन्छन्।  सोही रिल र रियल लाइफबिचको कथा ट्रेलरमा देख्न सकिन्छ।  माघ १ गतेबाट रिलिज हुने चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका छन्।  

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको चलचित्रमा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पविको अभिनय रहेको छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जङ्ग कुँवर निर्माता रहेको चलचित्रका सह-निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।

प्रतिक्रिया दिनुहोस्