‘सिन्दुरे जात्रा’ का कलाकार किन लुकाउदैछन् निर्देशक सरोज पौडेल ?


सरोज पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपाली बक्स अफिसमा ऐतिहासिक कमाई गर्‍यो।  ४६ करोड बढीको ग्रस कलेक्सन गरेको चलचित्रबाट धेरैको करियरले नयाँ मोड लियो।  निर्देशक सरोज स्वयम् अपेक्षा राख्ने निर्देशकको रूपमा हेरिए।  विजय बराल र अञ्जना बराइलीको करियरले नयाँ ग्राफ लियो।  साइड रोल बाट लिड हिरोको रूपमा विजयको उदय भयो भने अञ्जना सर्वाधिक खोजीमा पर्ने अभिनेत्रीको रूपमा रहेकी छिन्। 

सरोजको निर्देशनमा तयार भएको चलचित्र ‘कोशेढुंगा’ ले अपेक्षाकृत व्यापार गर्न सकेन।  स्टार कलाकारको अभिनय भए पनि व्यावसायिक हिसाबले चलचित्र अब्बल बन्न नसक्दा आफ्नो अर्को चलचित्रका लागी निर्देशक पौडेल केही सचेत देखिएका छन्।  उनले केही समय अगाडी नै घोषणा गरेको चलचित्र ‘सिन्दुरे जात्रा’ को चहलपहल शून्य प्राय जस्तै रहेको छ। 

टाइटल अनाउन्समेन्ट टिजर मार्फत घोषणा गरिएको चलचित्रको बारेमा अन्य जानकारी सार्वजनिक गरिएको छैन।  लामै समय अगाडी घोषणा गरिएको चलचित्र त्यसमा पनि सरोजको निर्देशनमा तयार हुने भनेपछि चलचित्रलाई लिएर चासो हुनु स्वाभाविक हो।  तर अहिलेसम्म कलाकार नै सार्वजनिक नगर्नुलाई चैँ धेरैले आश्चर्यको विषयको रूपमा लिएका छन् । 

पूर्णबहादुरको सारङ्गीले दिएको उचाइ र कोशेढुंगाको झड्कालाई अव संयमित भएर सिन्दुरे जात्रामा प्रमाणित गर्नुपर्ने सकसमा निर्देशक पौडेल रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्