चैत्र १३ मा रिलिज हुँदै ‘हामी तीन भाई’


राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, रेखा थापा, झरना थापा लगायतका कलाकार प्रमुख भूमिकामा रहेको चलचित्र ‘हामी तीन भाई’ सुपरहिट बनेको थियो। सोहि टाइटल राखेर नयाँ हामी तीन भाई निर्माण भएको छ। मधुसुदन भट्टराईको कथा र निर्देशनमा तयार भएको चलचित्रले आफ्नो रिलिज मिति तय गरेको छ । यो चलचित्र चैत्र १३ बाट सार्वजनिक प्रदर्शनमा आउने घोषणा निर्माण टिमले गरेको छ।

निर्माण टिमले सार्वजनिक गरेको नयाँ पोष्टरमा प्रमुख तीन अभिनेता विनोद न्यौपाने, फलित राई र कुशल बिष्ट फिचर रहेका छन् । चलचित्रमा लक्ष्मी बर्देवा, आश्मा गिरी, जाहन्वी बस्नेत, राजाराम पौडेल, रविन्द्र झा, विष्णु पौडेल, विकास चापागाँई लगायतका कलाकारहरूको अभिनय छ ।

प्रसिद्धि सिने आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रमा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठको लगानी छ । भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे सह- निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता विक्रम तामाङ हुन् । साजित महत प्रस्तुतकर्ता रहेको चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा सम्वाद, शिव ढकालको छायांकन, बनिश शाहको सम्पादन, साप शक्ति र बाबुल गिरीको संगीत, कमल राई, इन्द्र देव महर्जनको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्