कस्तो छ बल्छी र बर्षाको ‘गोबर गणेश’ ट्रेलर ?


मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को निर्देशनमा तयार भएको चलचित्र ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । हिजो सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष देखाइएको छ ।

गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौं सहर नरहेको यथार्थ ट्रेलरले देखाउने प्रयास गरेको छ । फोहोर उठाएर जीन्दगी बदल्छु भन्ने विकल्पमा पुगेको युवकको जिन्दगीको कठिन संघर्ष देखाउँदै ट्रेलरले काठमाडौंको संघर्षशील जीवन र त्यसले परिवारको सपनामा पारिरहेको प्रभावलाई प्रष्ट पारेको छ ।

चलचित्र माघ १ गते रिलिज हुँदै छ । बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा तयार चलचित्रमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ , वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायत कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्