‘किन लाग्छ माया’ को पहिलो गीत कस्तो छ ?


चलचित्र ‘किन लाग्छ माया’ को पहिलो गीत ‘धौले संसार’ सार्वजनिक भएको छ। पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को रहेको गीतमा डाक्टर अशाबहादुर तामाङको शब्द र पुष्कर सुनुवारको संगीत छ। रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी, हिउवाला गौतमको साथमा नव–नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदी फिचर रहेका छन्। कुबेर तामाङको निर्देशनमा तयार भएको चलचित्रको प्रदर्शन मिति २०२६ लाई तोकिएको छ ।

चलचित्रमा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय छ ।

सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको चलचित्रमा राजेन्द्र खड्गीको एक्सन निर्देशन, रामशरण उप्रेती र रामकुमार केसीको डीओपी, बनिष शाह र नविन चौधरीको सम्पादन, रामकाजी घिमिरेको पटकथा र संवाद, स्याडो रियलको कथा र शब्द छ ।

प्रतिक्रिया दिनुहोस्