गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। इन्डियन आइडल बिजेता गायक तथा अभिनेता प्रशान्त तामाङ्गको निधन भएको छ। उनलाई कार्डियाक अरेस्ट भएको जानकारी प्राप्त भएको छ। आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको बताइएको छ।

‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी-२’ जस्ता हिट चलचित्रमा अभिनय गरेका तामाङ्गका धेरै हिट नेपाली गीत रहेका छन्। सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउड डेब्यु प्रशान्तले गरेका थिए। उनकी श्रीमती र तीन बर्षकी छोरि रहेकी छिन्।





