सकियो अरुण क्षेत्रीको ‘हन्टर’ छायांकन


एक्सन ड्रामा जनराको चलचित्र ‘हन्टर’ को छायांकन ४५ दिनमा सकिएको छ। पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रलाई जीवन सिंहले निर्देशन गरेका छन्। क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रको लेखक र एडिटर पनि निर्देशक स्वयं हुन् । सुदूरपश्चिमको कथा भन्ने चलचित्र रियल पात्रको कथाबाट इन्स्पायर रहेको निर्देशकले बताएका छन्।

चलचित्रको मुख्य भूमिकामा अरुण क्षेत्री छन् । प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीको अभिनय रहेको छ । ममता सिहं, गोविन्द राज रोक्का र राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द सह–निर्माता छन् ।

कृष्ण थापाको डीओपी रहेको चलचित्र ‘हन्टर’मा एक्सन शुक्ररा साहको छ । विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको चलचित्रमा बाबुल गिरीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्