‘आ बाट आमा’ को नयाँ गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज
माघ १६ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’ को नयाँ गीत सार्वजनिक भएको छ। करण परियारको स्वरमा रहेको ‘जाँदैछु नौ डाँडा काटेर’ बिहिबार रिलिज भएको हो।

माघ १ गते माघे संक्रान्तीको अवसर पारेर चलचित्रको टिमले भावनात्मक गीत सार्वजनिक गरेको हो। गीतमा अभि सुनारको शब्द र संगीत रहेको छ। भावानात्मक भिडियोले परदेशिन लागेको छोरा र उसका परिवारको कथा बोलेको छ। पल शाह,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतलाई भिडियोमा प्रस्तुत गरिएको छ।
चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रमा आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको छ। चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।





