‘दान्भी’ निर्देशकको चलचित्रबाट कमब्याक गर्दै आकाश श्रेष्ठ


कुनै समय निकै चर्चा र व्यस्ततामा रहेका आकाश श्रेष्ठ केहि बर्षबाट चलचित्रमा मुख्य नायकको रुपमा देखिएका छैनन्। म्युजिक भिडियो र केहि चलचित्रको केमियो रोलमा देखिए पनि पुरा चलचित्रमा आकाशको अभिनय दर्शकले हेर्न पाएका थिएनन्। तर अब भने आकाशलाई पर्दामा पुरा हेर्ने दर्शकको चाहना चाडै पुरा हुने भएको छ। ‘जय शम्भु र दान्भी’ निर्देशक रुपेश तामाङ्गको निर्देशनमा तयार हुने अन टाइटल प्रोजेक्टमा आकाश मुख्य भूमिकामा अनुबन्ध भएका हुन्। यस अगाडी पूजा शर्मासंग पनि उनले एक चलचित्रमा काम गर्ने तयारी गरेका थिए। यहि बीचमा उनले आकाशसंग पनि चलचित्रमा काम गर्ने तयारी गरेका हुन्।

माघे संक्रान्तीको अवसर पारेर आकाश र निर्माणपक्षबिच संझौता भएको छ । चलचित्रलाई पूर्ण रुपमा एक्सन जनरामा बनाउने र आकाशलाई यसअघि नदेखिएको अवतारमा देखाउने तयारी रुपेशको छ । फागुनको अन्तिमबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको कथा सुमन गजमेरले तयार परेका हुन्। जुना फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रका अन्य कलाकार र प्राविधिकको बारेमा जानकारी गराइएको छैन।

प्रतिक्रिया दिनुहोस्