‘रमिताको पिरती’ ले यो भ्यालेन्टाइन ब्रेकअप सेलिब्रेसन गर्ने (भिडियो)


आना शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक भएको छ। आइतबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरले प्रेम र धोकाको कथा बोल्छ। यो भ्यालेन्टाइन ब्रेकअप सेलिब्रेसन गर्ने बताउदै आएको निर्माण टिमले सोहि अनुसारको ट्रेलर सार्वजनिक गरेको छ। सुदिप्ताको डेव्यु निर्देशकिय चलचित्रले ब्रेकअपपछि महिलाको मनस्थितिको कथा बोल्ने छ।

माघ २३ गतेबाट रिलिज तयारिमा रहेको चलचित्रमा आनाको साथमा धिरज मगर, गायक समिर श्रेष्ठ, , विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, गियना, थिन्ले लामो लगायतका कलाकारको अभिनय रहेको छ।

सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा सागर लम्साल निर्माता,आरपी प्रोडक्सन एसोसिएट निर्माता, सुवास कोइराला सह-निर्मातार सन्तोष लम्साल र आना शर्मा कार्यकारी निर्माता रहेका छन्। चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्