चलचित्र ‘बुकी’ को पहिलो गीत ‘तिमी मै संग भई राख है’ सार्वजनिक
चलचित्र ‘बुकी’ मा समावेश पहिलो गीत ‘तिमी मै संग भई राख है’ सार्वजनिक भएको छ। देवेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको गीतमा दीपक शर्मा र एचबीएन किस्मतको संगीत रहेको छ। सार्वजनिक भिडियोमा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् । प्रेम र यात्राको कथा भनिएको यस गीतमा दुई पात्रको सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’ को प्रस्तुति रहेको चलचित्र ‘बुकी’ मा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
चलचित्रको छायांकन काठमाडौं, पोखरा र विशेषगरी बाग्लुङको ढोरपाटन लगायतका रमणीय क्षेत्रमा गरिएको छ । लक्ष्मण सापकोटा, अमिषा थापा कौचा, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन् ।




