‘लालिमा’ को नयाँ टिजरमा यौनकर्मीको पीडा
चलचित्र ‘लालिमा’ को नयाँ टिजर सार्वजनिक भएको छ। तीन हजार यौन कर्मीको अनुभव र समस्यामा आधारित रहेको बनाइएको चलचित्रको टिजर निर्माण टिमले आइतबार सार्वजनिक गरेको हो। तिजरको केन्द्रमा रोशनी कार्की रहेकी छिन् भने उनको साथमा सुष्मा निरौला, उषा रजक ,जीवन भट्टराई, शिशिर वाङ्देल र सबिन कट्टेल पनि प्रस्तुत रहेका छन्।

यौनकर्मीको चरित्रमा रहेकी रोशनीको काखमा रहेको बच्चा रहेको छ भने उनी केहि समस्यामा परेको देखिन्छ। समस्यामा परेकी उनलाई सुष्मा र उषाले साथ दिएका छन्।
फेथ आस्थाको प्रस्तुतिमा बनेको चलचित्र मा रोशन मिराजको लेखन तथा निर्देशन रहेको छ। चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुन्। फागुन २९ गतेबाट चलचित्र प्रदर्शनमा आउनेछ।


