धनकुटाबाट सुरु भयो जितु र प्रियानाको ‘कार्की साइँला’ को छायांकन


जितु नेपाल र प्रियाना आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्की साइँला’को छायांकन सुरु भएको छ। राजेन्द्र बस्नेतको निर्देशनमा तयार भैरहेको चलचित्रको मंगलबार धनकुटाबाट छायांकन सुरु भएको हो। छायांकनमा अभिनेता जितु नेपाल,प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरु उपस्थित भइसकेका छन्।

निर्देशक बस्नेतले एक महिनाको सेड्युलमा छायांकन थालेको बताए। उनका अनुसार छायांकन धनकुटा,बराहक्षेत्र र चतरामा हुनेछ। कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने चलचित्रमा बालकुमार राई निर्माता रहेका छन्। कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको चलचित्रमा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन् भने छायांकन डम्बर राईको रहने छ।

प्रतिक्रिया दिनुहोस्