‘मितज्यू’ पोष्टरमा दया, सौगात र तेरिया


अनिल बुढा मगरको निर्देशनमा तयार भएको चलचित्र ‘मितज्यू’ को पहिलो झलक सार्वजनिक भएको छ। आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रको पहिलो झलकमा मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ। पहाडी पृष्ठभूमिमा गुडिरहेको जिपको अगाडि दुई पुरुष दयाहाङ राई र सौगात मल्लबीचबीच शक्ति प्रदर्शन झल्को पोह्स्तरमा दिईएको छ। साथमा जिपको बोनटमाथि परम्परागत पहिरनमा तेरिया पौजा मगर गम्भीर मुद्रामा बसेकी देखिन्छिन् ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर ‘खबपु’ लगायतको अभिनय रहनेछ। तेरियाले यसै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी हुन्। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जनक धर्ती मगर हुन्।

प्रतिक्रिया दिनुहोस्