तुइनको साटो झोलुङ्गे पुल बनाउने हर्कको अभियानमा राजेशको ५० हजार सहयोग
धरानका पूर्व मेयर तथा सुनसरी क्षेत्र १ बाट नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलाको तुइनको साटो झोलुङ्गे पुल बनाउने घोषणा गरेका थिए। निर्वाचित भए लगत्तै उनले यो पोस्ट उल्लेख गरेका थिए। श्रम दानबाट नै सम्पन्न हुने यस कार्यका लागी उनले रु १० भन्दा माथिको सहयोगको आह्वान गरेका थिए। यही आहान अन्तर्गत गायक राजेश पायल राईले ५० हजार सहयोग गर्ने घोषणा गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत यो घोषणा गरेका हुन्। हर्क मेयर हुँदा देखिका अभियानमा राजेशले सहयोग गर्दै आएका छन्।

मेयर पदबाट राजीनामा दिँदै श्रम संस्कृति पार्टी केही महिना अगाडी मात्र खोलेका हर्कको पार्टीले प्रत्यक्ष तर्फ ३ सिटमा विजय हासिल गर्न सफल भएको छ भने ३ प्रतिशतको समानुपातिक थ्रेसहोल्ड कटाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ।


