नाजिरलाई मुख्य भूमिकामा लिँदै ‘मुक्तिपुर’ छायाङ्कन सुरु


चलचित्र ‘मुक्तिपुर’ मंगलबार शुभ मुहूर्त गरिएको छ । काठमाडौंको बसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्कृप्ट पूजा गर्दै मंगलबारबाटै चलचित्रको छायांकन समेत थालनी गरिएको छ । चलचित्रको निर्माण टीम, प्राविधिक र कलाकारको उपस्थितिमा पूजाअर्चना गर्दै छायांकन सुरु गरिएको निर्माण टिमले जानकारी दिएको छ। चलचित्रमा नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती र डेब्यू अभिनेत्री आकृति बुढाथोकीको प्रमुख भूमिका रहनेछ।

बदलाको कथामा बन्ने चलचित्रमा सुनिल पाण्डेको निर्देशन रहनेछ। साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेष्ट फिल्म एकेडेमीको सहकार्यमा चलचित्र निर्माण हुनेछ।

पछिल्लो १० वर्षदेखि चलचित्र अभिनय, निर्देशन, सम्पादन, छायांकन र ध्वनी शिक्षा प्रदान गर्दै आएको फिल्म क्षेत्रको अग्रणी एकेडेमी एभरेष्टले पहिलोपटक चलचित्र निर्माणमा पाइला अघि बढाएको हो । विजय राजवंशी र रोशन पासवान निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ कार्यकारी निर्माता छन् भने केशव गौतम सह – निर्माता छन् ।

चलचित्रमा घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा, अनामिका लामिछाने, विकाश खनाल, रुपेश लामा, आयन परियार, श्रवन रम्तेल, भोला शाह, सफल, गोपाल महतरा, विमल यादव, ओजस्वी विक्रम विष्ट, सुदिप तिमिल्सिना र प्रविणकुमार चौधरी लगायतको पनि चलचित्रमा अभिनय रहनेछ । ४० दिनको छायांकन तालिकासहित फ्लोरमा निस्किएको चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्