निर शाहको चलचित्र ‘कमला मिस’ को छायांकन सकियो


चलचित्र ‘कमला मिस’ को छायांकन सम्पन्न भएको छ। फागुन १ गतेदेखि सुरु भएको चलचित्रको सम्पूर्ण छायांकन मंगलबार सकिएको निर्माण टिमले जानकारी दिएको छ। चलचित्रको छायांकन २३ दिनमा सकिएको लाइन प्रोड्युसर पुस्कर लामाले जानकारी दिए। बरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा चलचित्र तयार भएको हो।

मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्रमा निर शाह, रमेश बुढाथोकी ,बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ ,जयन्त रेग्मी सुरेश थापा , राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठानको लागि उमा मल्लले चलचित्र निर्माण गरेकी हुन्। विजय मल्लको कथा रहेको चलचित्रको पटकथा तथा संवाद निर्देशक निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् । चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन्।

चलचित्रमा शिवराम श्रेष्ठ को छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका निर शाह करिव १० बर्षपछि निर्देशनमा फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्