विराजको एक्सनलाई दर्शकले रुचाए, ‘राम नाम सत्य’ टिजरलाई सकारात्मक प्रतिक्रिया


चलचित्र ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’ को टिजर सार्वजनिक भएको छ । एक्सनले भरिएको टिजरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन्। विराज भट्टको एक्सनको साथमा सस्पेन्स, प्रेम र थ्रिल समावेश टिजरले चलचित्र प्रति दर्शकको कौतुहलता बढाउने पक्का रहेको छ। चलचित्रमा विराजका साथमा सुनिल थापा, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी,प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ ।

टिजरमा प्रमुख सबै कलाकारलाई स्थान दिईएको छ। माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रलाई माइकल चन्दले निर्देशन गरेका छन्। उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको चलचित्रमा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता र क्रियटिभ निर्माता मोती कार्की हुन् । माइकल चन्दकै कथा र पटकथा रहेको चलचित्रमा अभिमन्यू निरवी र समय थपलिया स्क्रिप्ट सल्लाहाकारको रुपमा रहेका छन्। चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्युजिक छ । चलचित्रमा समावेश ‘धागोले बाटेको’ बोलको गीत सुपरहिट भइसकेको छ । चलचित्र चैत्र २७ गतेबाट रिलिज हुँदैछ। बक्स अफिसमा यो चलचित्रले व्यापार राम्रो गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्