भक्तपुरमा ‘हामी तीन भाइ’ को गीत ‘झम्के फुली’ को छायांकन हुँदै


चैत्र १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हामी तीन भाई’ को एक नयाँ गीतको छायांकन यतिबेला धमाधम भैरहेको छ। ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली…’ को छायांकन अहिले भक्तपुरको गुण्डु क्षेत्रमा भइरहेको छ। साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको गीतमा सुवल मणि सापकोटाको शब्द र गायक साप शक्तिकै संगीत रहेको छ। ग्रामीण परिवेश र स्थानीय स्वाद झल्काउने शैलीमा तयार गरिएको यो गीतलाई रंगीन र जीवन्त बनाउन अहिले गुण्डुमा छायांकन भइरहेको निर्माण पक्षले जनाएको छ।

प्रसिद्धी सिने आर्ट्स प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चलचित्रको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। कमेडी तथा सामाजिक कथामा आधारित चलचित्रलाई मधुसुधन भट्टराईले निर्देशन गरेका छन्। चलचित्रमा विनोद न्यौपाने, कुशल बिष्ट, फलित राई, लक्ष्मी बर्देवा, जहान्वी वस्नेत, राजाराम पौडेल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्