शिव श्रेष्ठलाई लिएर चलचित्र ‘टेम्के’ बन्ने
चलचित्र “टेम्के The Destination” को शुभमुहूर्त सम्पन्न भएको छ। शुक्रबार सम्पन्न मुहर्त समारोहमा चलचित्र विकास बोडका अध्यक्ष दिनेश डीसीले चलचित्रको औपचारिक शुभारम्भ गरेका थिए। आर.डी.एस. नेपाल प्रस्तुत रहेको यस चलचित्रको निर्देशन देवप्रसाद धिमाल रहेको छ । धिमाल स्वयं निर्माता पनि रहेका छन् भने सह–निर्माताको रूपमा पंकज सरदार संलग्न छन्। चलचित्रमा भोला सुवेदी (प्रणप), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माता रहेका छन्।

चलचित्रमा शिव श्रेष्ठ, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल र विवेक खड्का लगायत कलाकारको अभिनय रहनेछ।
चलचित्रको सह–निर्देशक विजयराज भुर्तेल हुन् भने द्वन्द निर्देशन राजु किरातले गर्नेछन्। छायाङ्कनको जिम्मेवारी नरेश ऐयर ले सम्हाल्ने निर्माण पक्षले जनाएको छ । चैत महिनाको दोस्रो साताबाट छायांकन तयारी गरिएको चलचित्र काठमाडौं तथा भोजपुरका विभिन्न स्थानमा खिचिनेछ। चलचित्रले नेपाली समाजको कथावस्तुलाई रोचक शैलीमा प्रस्तुत गर्ने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ।


