‘परालको आगो’ को ‘उडी जाउँ भने,म पन्छी होइन’ रिलिज


चलचित्र ‘परालको आगो’ मा समावेश गीत ‘उडी जाउँ भने,म पन्छी होइन’ रिलिज भएको छ। सोमबार सार्वजनिक भएको गीतमा मन बहादुर मुखियाको शब्द र शान्ती ठटालको संगीत रहेको छ। गीतमा निशु शर्माले आवाज भरेकी छिन्। यो गीतको ओरिजिनल गायिका भने अरुणा लामा हुन्। अरुणाले करिव ४ दर्शक अगाडी गाएको यो गीत अहिले पनि उस्तै लोकप्रिय रहेको छ।


गीतको भिडियोमा सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँको अभिनय देख्न सकिन्छ। रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका छन्। गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित चलचित्रमा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील पोख्रेलको लगानी रहेको छ। चलचित्र लाई लक्ष्मण सुनारले निर्देशन गरेका छन्। चलचित्र बैशाख ११ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्