‘राम नाम सत्य’को गीत: नव-नायिका खुशीसंग विराजको डान्स


चैत्र २७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘राम नाम सत्य’ को नयाँ गीत सार्वजनिक भएको छ। केहि दिन अगाडी सार्वजनिक पहिलो गीत ‘धागोले बाटेको’ गीतले सामाजिक संजालमा दर्शकको राम्रो साथ पाइरहेको छ। युट्युवमा मात्र ४० लाख बढी दर्शकको साथ पाईसकेको चलचित्रको गीतले टिकटक र रिल्समा पनि आक्रामक भ्युज र भिडियोको साथ पाइरहेको छ।

यहि बीचमा निर्माण टिमले नया गीत ‘हुम्लाको लिमी’ सार्वजनिक गरेको हो। एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, एसडी योगीको संगीत र मौसम अर्यालको शब्द रहेको रोमान्टिक शैलीको गीतको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ। गीतको भिडियोमा विराज भट्ट र नव–नायिका खुशी कार्कीलाई फिचर गरिएको छ। गीतको भिडियो दैलेखमा खिचिएको हो।

चलचित्रमा विराज भट्ट, सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ । माइकल चन्दको निर्देशनमा तयार भएको चलचित्रको कथा, पटकथा निर्देशक चन्द स्वयंको रहेको छ। माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा तयार भएको भएको चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी, किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता र मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेका छन्। बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको रहेको चलचित्रमा मानकृष्ण महर्जनकोे डीओपी,श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्युजिक छ ।

प्रतिक्रिया दिनुहोस्