दर्शकको रोजाइमा पर्दै ‘मालती मंगले’ को ‘सुनैको सपनी’ गीत


गायक रामकृष्ण ढकालको नेपाली संगीतको क्षेत्रमा बहुमुल्य योगदान दिएका छन्। हिट मेसिन ढकालको निर्माण र प्रस्तुतिमा तयार भएको चलचित्र ‘मालती मंगले’ रिलिजको संघारमा रहेको छ। बैशाख २५ गतेबाट रिलिज हुने चलचित्रको शिर्ष गीत सार्वजनिक भएको केहि दिन भयो।

Screenshot


रामकृष्ण ढकाल र रचना रिमालको स्वरमा रहेको ‘सुनैको सपनी’ गीत निर्माण टिमले सार्वजनिक गरेको हो । यो गीतमा आनन्द अधिकारीको शब्द, उज्ज्वल सागरको सङ्गीत रहेको छ। कर्णप्रिय अडियोलाई दर्शकले यतिबेला रुचाइरहेका छन्। एउटा विशुद्ध ग्रामीण प्रेमकथाको भाव बोकेको गितको भिडियो पनि सोहि हिसाबले निर्माण गरिएको छ । भिडियोमा चलचित्रका प्रमुख दुई कलाकार बर्षा राउत र विजय बराललाई फिचर गरिएको छ । दुवैको प्रेम र जीवनको उतारचढाव भिडियो मार्फत प्रस्तुत गरिएको छ।

रानी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रकु पाण्डेयको लेखन तथा निर्देशन रहेको छ। रामकृष्ण ढकालको लगानी रहेको चलचित्रको कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। उनीहरूका साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका कलाकारहरूको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्