‘मितज्यु’ को गीतमा तेरिया र सौगातको नृत्य


चलचित्र ‘मितज्यू’ मा समावेश पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएको छ। श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको गीतमा गायक मल्लको नै शब्द र संगीत रहेको छ। मिङ्मा डि लेप्चाको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र तेरिया फौजा मगरले छमछमी नाचेका छन्। साथमा दयाहाङ राई पनि देखिएका छन्।

आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन्। ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिको सामाजिक कथामा तयार भएको चलचित्रमा जनक घर्ति मगरको लगानी रहेको छ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। तेरिया मगरको यो डेब्यु चलचित्र हो।

प्रतिक्रिया दिनुहोस्