‘हामी तीन भाई’ को एडभान्स बुकिङ्ग खुल्यो
चैत्र १३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘हामी तीन भाइ’ को एडभान्स बुकिङ्ग खुलेको छ। चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट पाएको चलचित्रलाई मधुसुधन भट्टराईले निर्देशन गरेका छन्।

चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा ‘हर्के हल्दार’, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्। तीन दाजुभाईबीचको सम्बन्ध, उनीहरु बीचको मनमुटावका कथा चलचित्रमा प्रस्तुत गरिएको छ। कमेडी तथा सामाजिक कथामा आधारित विक्रम तामाङ कार्यकारी निर्माता रहेको चलचित्रमा सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्। साजित महत चलचित्रका प्रस्तुतकर्ता हुन्।
बक्स अफिसमा ‘धुरन्धर’ ले आंधी ल्याएको बेलामा ‘हामी तीन भाई’ ले कस्तो व्यापार गर्ने हो त्यो भने हेर्न बाँकी रहेको छ।


