‘हामी तीन भाइ’ रिलिज
रामनवमीको अवसर पारेर आजबाट देशभरका हलमा ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ। देशभरका १ सय भन्दा बढि शो सहित प्रदर्शनमा आएको हो। सामाजिक कथामा कमेडी,पारिवारिक खटपट तथा सन्देश दिने चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन्।

कमेडी तथा सामाजिक कथामा आधारित चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल,अमृतमान महर्जन लगायतको अभिनय दर्शकले हेर्न पाउने छन्।
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्। विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस चलचित्रमा सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।


