चलचित्र ‘पाँच पाण्डव’ मा इभा गिरिको प्रवेश


वसन्त निरौलाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला छायांकन धमाधम भैरहेको छ। झापामा छायांकन भैरहेको चलचित्रमा केहि नयाँ कलाकारको प्रवेश भएको छ। चलचित्रमा अभिनेता प्रशान्त ताम्राकार र कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो ।

गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको । चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहेका छन्। त्यस्तै दिपाश्री निरौला र रजनी गुरुङ्ग पनि चलचित्रमा मुख्य भूमिकामा रहेका छन्। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रको प्रस्तुतकर्ता नवीन श्रेष्ठका हुन्। चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई पूर्ण रूपमा ‘सोसल ड्रामा’ (सामाजिक कथा) भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्