भदौ १२ मा ‘पार्वती’ रिलिज तय, मुख्य भूमिकामा दिपा, निता र अशोक


अभिनेत्री निता ढुंगानाको निर्देशनमा तयार हुन् लागेको चलचित्र ‘पार्वती’ छायांकनको तयारीमा रहेको छ। चैत्र २४ गतेबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले चलचित्र आगामी बर्षको भदौ १२ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएको छ।


उनले भनिन्,‘हामी यहीँ चैत २४ गतेबाट छायांकनमा निस्किदैछौँ। हामीले वितरक तथा सबैसँगको सल्लाह अनुसार चलचित्रलाई आगामी भदौ १२ गतेबाट रिलिज गर्ने घोषणाको तयारीमा पनि छौँ।’


चलचित्रमा निता स्वयं प्रमुख भूमिकामा रहेकी छिन्। उनको साथमा दीपाश्री निरौला,अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ। निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बरालको डिओपी रहेको चलचित्रमा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्