पुर्व पतिले दुख दिएको भन्दै उषाका पोष्ट, ‘नयाँ सरकारले मलाई पनि मेरो हक अधिकार न्याय दिनुपर्‍यो ।’


पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गीको वैवाहिक सम्बन्ध अन्त्य भएको केहि समय भैसक्यो। दुवैले सम्बन्धबिछेद गरिसकेका छन् र अंशबन्डा पनि भैसकेको छ। तर दुवै एकै घरमा भने बस्दै आएका छन्। बेलाबेलामा खड्गीको पारिवारिक विवाद सतहमा आइरहन्छ। उषाले मंगलबार दिउँसो लगातार स्टाटस लेखिरहेकी छिन्। उनले पुर्व पतिले आफुलाई दुःख दिएको भन्दै सामाजिक संजालमा स्टाटस लेखिरहेकी हुन्।

आजको उनको स्टाटसमा लेख्छिन्- तिम्रो लोग्नेलाई सम्हाल्नुपर्‍यो । मलाई गाली गर्छ, मेरो जीवनमा हस्तक्षेप गर्दै छ । पुलिस प्रशासनमा शान्ति सुरक्षा नहाली भएन अब यो एक्स भनाउँदोलाई । अत्ति गर्‍यो मलाई साथीहरू ।’

अर्को स्टाटस छ- आफू विवाह गरेर त्यही घरमा बच्चाहरूको अगाडि बस्ने लाज पचाएर अनि मलाई जथाभावी भन्ने, मुख छाड्ने । कोही आउँदा जाँदा जथाभावी बोल्ने । मेरो माइतीबाट परिवारका सदस्य, साथीहरू आउँदा नानाथरी भन्ने, डिस्टर्ब गर्ने धेरै भैसक्यो । अत्ति भएर बोल्दैछु आज । अदालतले मलाई पनि यो घर अंशमा दिएको छ । त्यसले मेरो घर, मेरो घर भनेर मात्र भनेर तनाव दिने । मेरो अधिकार खोज्न म कता जाने ? यो देशमा नियम र कानुन छ कि छैन ? अधिकार सुरक्षा छ कि छैन ? नयाँ सरकारले मलाई पनि मेरो हक अधिकार न्याय दिनुपर्‍यो ।’

फेरी नयाँ स्टाटस छ- यो घरमा ४ अंशियार, मेरो २५ प्रतिशत, मेरो छोरी २५ प्रतिशत, छोराको २५ प्रतिशत, अनि त्यसको २५ प्रतिशत । अनि तिमल्सिनाले कसरी त्यसको मात्र घर भन्न मिल्छ ?

उषा र उनका श्रीमानले २०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका थिए। जीपीले दोश्रो विवाह गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्