चलचित्र ‘लालीबजार’ को दोश्रो गीत ‘मिठो संसार’ सार्वजनिक
चलचित्र ‘लालीबजार’ को दोश्रो गीत ‘मिठो संसार’ सार्वजनिक भएको छ। जयन जे वाइवाको शब्द तथा संगीत रहेको गीतमा समीक्षा अधिकारी, दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङको स्वर रहेको छ। कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ । लिरिकल भर्सनको गीतमा चलचित्रका दृश्यहरूलाई समावेश गरेर भिडियो तयार पारिएको छ।

षट्कोण आर्टसले निर्माण गरेको चलचित्रका लेखक तथा निर्देशक यम थापा हुन्। रविन्द्र सिंह बानियाँ र म्याक्स दिपेश खत्री निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता निर्देशक प्रदिप भट्टराई हुन्।
२०८३ बैशाख १८ गतेबाट चलचित्र प्रदर्शनमा आउंदैछ। चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ ।


