‘एक्का तीन’ मा पूजा र पुष्पको जोडी
रुपेश तामाङ्गको निर्देशनमा तयार हुने चलचित्र ‘एक्का तीन’ अभिनेता पुष्प खड्काको प्रवेश भएको छ। ‘दान्भी’ निर्देशक तामाङ्गले गत असारमा थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गरेका थिए। चलचित्रमा अभिनेत्री पूजा शर्मा प्रमुख भुमिकामा रहने जानकारी सोहि समयमा गराइएको थियो। चलचित्रमा पूजा र पुष्पाको जोडी बाँधिनेछ। दुवै एक्सन भुमिकामा रहनेछन्।

निर्देशक तामाङका अनुसार चलचित्रबाट एकजना नव-नायक र एकजना नव-नायिकालाई भित्र्याउने तयारी पनि गरिएको छ । नयाँ कलाकारबारे केही दिनमा जानकारी गराइने उनले बताए ।
आगामी जेठ महिनाबाट छायांकन सुरु हुने चलचित्रमा सुमन गजमेरको लेखन रहेको छ । उनले यसअघि ‘रंगी’ लेखेका थिए । ‘महापुरुष’ र ‘बाबरी’मा उनले सह-निर्देशकको रुपमा समेत काम गरेका छन् । ‘एक्का तीन’लाई जुना फिल्म्स र अधिरा फिल्म्सले निर्माण गर्नेछन् ।


