‘रत्यौली’ मा पूजा शर्मा र विजय बरालको जोडी
अभिनेत्री पूजा शर्माले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छिन्। नयाँ बर्षको अवसार पारेर चलचित्र ‘रत्यौली’ निर्माणको घोषणा गरिएको हो। नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सनको निर्माणमा तयार हुने चलचित्रमा पूजा शर्मा र विजय बरालको जोडी पक्का गरिएको छ। दुवैले पहिलोपटक स्क्रिन शेयर गर्न लागेका हुन्। सुरज आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्नेछन्।

१ सय भन्दा बढी नेपाली चलचित्रमा प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आएका सुरज आचार्यले सुपरहिट भारतीय चलचित्रमा पनि लाइन प्रोड्यूसरको रुपमा काम गरेका छन् । उनले, ‘उचाई, फर्जी, मिराई, टिसोन नाइडु, दश का दम’ लगायतका चलचित्रमा लाइन प्रोड्यूसरको रुपमा काम गरिसकेका छन् ।३२ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय सुरज आचार्यले ‘मेरो लभ स्टोरी, कर्मयोद्धा’मा सह–निर्माता र ‘वरमाला’मा निर्माताको रुपमा काम गरिसकेका छन् ।
सार्वजनिक पोष्टरमा विजय र पूजा रत्यौलीमा नाँचिरहेको देख्न सकिन्छ । पूजाले दौरा सुरुवाल र नेपाली टोपी लगाएकी छिन् । साथै, उनको ओठमा जुँगा देख्न सकिन्छ ।

