‘महाराजधिराज’ कि महारानी बन्दै केकी अधिकारी


परिच्छेद सेनको निर्देशनमा तयार हुने चलचित्र ‘महाराजधिराज’ को कलाकार लाइनअप बहिलो बनेको छ। चलचित्रमा ‘महारानी’ को रुपमा केकी अधिकारीको प्रवेश भएको छ। चलचित्रमा पुष्प खड्का, नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, केकी अधिकारी, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेल लगायतका कलाकारको अभिनय रहने यस अगाडी नै पक्का भैसकेको छ।

केकीलाई चलचित्रमा स्वागत गर्दै प्रस्तुतकर्ता विराज विष्ट उत्साहित देखिएका छन्। उनी भन्छन्, ‘महाराजधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु। ‘ महाराजधिराजको पोस्टरले थ्रिलर वा ‘पिरियड ड्रामाको झल्को दिएको छ । यही वैशाखको दोस्रो साता पछिबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको लाइनअप निर्देशक परिच्छेद सेनले निकै बलियो बनाएका छन् ।

निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’ मा अन्य ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ । चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । नबराज थापाले यस चलचित्रलाई क्यामरामा कैद गर्नेछन् ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्