केकी र विपिनको प्रेम कथामा ‘काजी’, जेठ ८ मा प्रदर्शनमा आउने


चलचित्र ‘काजी को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले एक प्रिभ्यु भिडियो सार्वजनिक गर्दै जेठ ८ गतेलाई रिलिज रिलिज मिति तय गरेको हो। विपिन कार्की मुख्य भूमिकमा रहेको यो चलचित्रलाई लिएर कार्की निकै उत्साहित रहेका छन्। क्लासिक लभ स्टोरी बताईएको चलचित्रमा विपिनको जोडी अभिनेत्री केकी अधिकारी रहेका छन्। यो चलचित्रलाई एक उत्कृष्ट लभ स्टोरीको रुपमा निर्माण टिमले बताउदै आएका छन्। विवाह पश्चात एक जोडीको प्रेमलाई सुन्दर ढंगले प्रस्तुत गरिएकाले यसलाई दर्शकले रुचाउने देखिन्छ ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको लोकेशन ध्वनी र सुजिल कर्माचार्यको पार्श्व संगीत छ ।
चलचित्रको कार्यकारी निर्मातामा असिम काफ्ले र निर्माता नेहान रिजाल, विकाश राज जोशी छन् ।

प्रतिक्रिया दिनुहोस्