बलियो बन्दै ‘महाराजधिरज’ को लाइनअप, पूजा शर्मा अनुबन्ध


निर्माण तयारीमा रहेको चलचित्र ‘महाराजधिराज’ ले कलाकारको लाइनअप निकै बलियो बनाएको छ। केहि दिन अगाडी मात्र अभिनेत्री केकी अधिकारीको प्रवेश भएको चलचित्रमा अब पुजा शर्मा अनुबन्ध भएकी छिन्। चलचित्रमा केहि दिन अगाडी हेमन्त बुढाथोकी पनि अनुबन्ध भएका थिए। चलचित्रमा पुष्प खड्का मुख्य नायकको रुपमा यस अगाडी नै अनुबन्ध भैसकेका छन्। यी संगै चलचित्रमा नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेल लगायत कलाकार छन् । समग्रमा चलचित्रको लाइनअप निकै बलियो देखिएको छ।

‘पिरियड ड्रामाको झल्को दिने बताइएको चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्दैछन्। यो चलचित्र दशैँमा रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ।चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रक प्रस्तुतकर्ता विराज बिष्ट हुन् भने निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्