विजय र बर्षाको बिहेमा मेक्सम देखि सविन छमछमी नाचे


वैशाख २५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘मालती मंगले’ को तेस्रो गीत ‘झ्याम पारम’ सार्वजनिक भएको छ। रामकृष्ण ढकाल र  मेलिना राईको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र राजनराज सिवाकोटीको सङ्गीत रहेको छ।  लोकलयमा आधारित गीतले युवायुवतीबिचको प्रेम र आकर्षणलाई समेटेको छ। रोशन विश्वकर्माको कोरियोग्राफीमा तयार भएको भिडियो  विजय बराल र वर्षा राउतको विवाहको माहोलमा तयार पारिएको छ । भिडियोमा मेक्सम गौडेल, डान्सर सविन कार्की (बीस्ट), एलिसा शर्मा र रोशित कर्माचार्यको डान्स देख्न सकिन्छ। 

Screenshot

प्रकु पाण्डेयको कथा तथा निर्देशनमा बनेको चलचित्रमा विजय, वर्षा र मेक्सम सहित मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, राज पङ्गेनी लगायतका कलाकारहरूको अभिनय रहेको छ । 

संयोग गुरागाईँले चलचित्रको पटकथा र संवाद तयार पारेका छन्। बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। 

प्रतिक्रिया दिनुहोस्