निर शाहको ‘कमला मिस’ साउन २२ बाट रिलिज तय
चलचित्र ‘कमला मिस’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। बरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा तयार भएको चलचित्र साउन २२ गतेबाट प्रदर्शनमा आउने भएको छ। चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

विजय मल्ल स्मृति प्रतिष्ठान का लागि उमा मल्ल ले निर्माण गरेको चलचित्रमा निर शाह, रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको अभिनय रहेको छ। मनोवैज्ञानिक कथामा आधारित चलचित्रका कार्यकारी निर्मातामा उमेश मल्ल र चैतन्य प्रधान र लाइन प्रोड्युसर पुष्कर लामा रहेका छन् ।
चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलाल ले संयुक्त रूपमा तयार पारेका छन् ।चलचित्रमा शिवराम श्रेष्ठ को छायांकन, युग भुसाल को संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसान र सेतोबाघ जस्ता चर्चित चलचित्र निर्देशन गरेका शाह करिव १ दशकपछि निर्देशनमा फर्किएका हुन्।



