रेखा थापाको ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा प्रदर्शन तय


रेखा थापाको निर्देशनमा टायर भएको चलचित्र ‘माया भनेकै यस्तो होला’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। निर्माण पक्षा र वितरकले यो चलचित्रलाई भदौ २६ गतेबाट रिलिज गर्ने तय गरेका छन्। तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रको कलाकार लाइनअप आकर्षक रहेको छ। सोहि कारण पनि चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहार छन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण यो चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ । यस चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् ।

ध्रुव लम्सालको पटकथा लेखन रहेको यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई चित्रण गर्ने दाबी गरिएको छ । लेखक लम्साल १० वर्षको अन्तरालपछि यसै चलचित्र मार्फत लेखनमा फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्