८ भाषामा प्रियंकाको ‘मास्टर्नी’ रिलिज तयारी, मुम्बईमा पोष्ट प्रोडक्सनको काम हुँदै


अभिनेत्री प्रियंका कार्कीको निर्माणमा तयार भएको चलचित्र ‘मास्टर्नी’ भदौ १२ गतेबाट रिलिज हुँदैछ। १७ दिनमा छायांकन सम्पन्न गरेर यतिबेला भारतको मुम्बईमा पोष्ट प्रोडक्सनको काम भैरहेको चलचित्र नेपाली सहित ८ भाषामा रिलिजको तयारीमा निर्माण टिम रहेको छ। चलचित्र नेपाली सहित हिन्दि, बंगाली, तामिल, तेलगु, मलायलम, भोजपुरी र पन्जाबी भाषामा रिलिजको तयारीमा निर्माण टिम रहेको छ।

नयाँ बर्षको अवसर पारेर बैशाख १ गते चलचित्रको पहिलो झलक निर्माण टिमले सार्वजनिक गरेको थियो। भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेको चलचित्रमा प्रियंका कार्कीको साथमा सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, सिम्रन खड्का लगायत दर्जनौ कलाकारको अभिनय रहेको छ। प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् । अभिनेत्री प्रियङ्का कार्कीकै कथा रहेको चलचित्रमा सान बस्नेतको कथा र प्रियंका र शानको संवाद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्