चलचित्र ‘मितज्यू’ को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक
जेठ ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मितज्यू’ को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ। श्रीकृष्ण बम मल्लको शब्द र संगीत रहेको गीतमा उनलाई लक्ष्मी मल्लले स्वरमा साथ दिएकी छिन्। निङ्मा डी लेप्चाको कोरियोग्राफी रहेको गीतको भिडियोमा मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई र रुषा न्याैपाने फिचर रहेका छन्। लोकलयमा आधारित यस गीतले तीन पात्रबीचको मायाप्रेमलाई चित्रण गरेको छ। चलचित्रमा सौगात मल्लको लुक्स भिन्न र आकर्षक देखिएको छ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका अलावा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहेको छ।
अनिल बुढा मगरको निर्देशनमा जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा जनक घर्ती मगरको लगानी रहेको छ।



