बक्स अफिसमा चम्कदै ‘परालको आगो’, करोड माथीको व्यापार
बैशाख ११ गतेबाट रिलिज भएको चलचित्र ‘परालको आगो’ ले बक्स अफिसमा २ दिनमा १ करोड भन्दा माथीको व्यापार गरेको छ। शुक्रबार र शनिवारको कलेक्सनको आंकडा निर्माता सुशील पोख्रेलले सार्वजनिक गरेका छन्। चलचित्रले २ दिनमा १ करोड २ लाख ३ हजार ५ सय ९५ कमाई गरेको आँकडा पोख्रेलले सार्वजनिक गरेका हुन्।

लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्रमा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपुत,सिर्जना अधिकारी,शंकर आचार्य,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय रहेको छ। हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा चलचित्र निर्माण भएको छ।



