‘छ माया छपक्कै २’ को मुहर्त, दशैँमा रिलिज हुँदै


२०७६ मा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ को नाम सिक्वेल चलचित्र ‘छ माया छपक्कै २’ को शुभमुहर्त गरिएको छ। पुरानै टिमले तयार पार्न लागेको चलचित्रका कलाकार पनि अधिकांश पुरानै रहेका छन्। चलचित्रको पहिलो शृंखलामा दिपकराज गिरि, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकार प्रमुख भूमिकामा रहेका थिए।

अव यो भागमा दिपक र केकी दोहोरिने पक्का भैसकेको छ। जितु टिम भन्दा बाहिर रहेको कारण उनी दोहोरिने नदोहोरिने पक्का छैन। चाडै छायांकनमा जाने तयारीमा रहेको चलचित्रमा केदार अमेरिकामा रहेको कारण कहिले जोडिने भन्ने टुंगो छैन। नयाँ अभिनेत्रीको रुपमा सनिशा भट्टराईको प्रवेश भएको छ। ‘आमा सरस्वती मूभिज’ र ‘रोहित अधिकारी फिल्मस्’ को संयुक्त व्यानरमा बन्ने चलचित्रमा रोहित अधिकारी निरम्ता र दिपेन्द्र लामा निर्देशक रहेका छन्। चलचित्र यहि बर्षको दशैँमा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्