विजय, बर्षा र मेक्समको वरिपरि घुमेको ‘मालती मंगले’ ट्रेलर


विजय वराल, बर्षा राउत र मेक्सम गौडेल प्रमुख भुमिकामा रहेको चलचित्र ‘मालती मंगले’ को ट्रेलर सार्वजनिक भएको छ । पारिवारिक र सामाजिक कथाको झल्को दिने ट्रेलरले दर्शकमा कौतुहलता थप्ने पक्का देखिएको छ।

ट्रेलरमा मालती (वर्षा राउत) र मंगले (विजय बराल) बीचको प्रेम कथा, उनीहरूको सम्बन्धमा आउने दरार र पारिवारिक खटपटलाई प्रस्तुत गरिएको छ। यसैगरी, अभिनेता मेक्सम गौडेललाई हरि नामक नेगेटिभ चरित्रमा देखाइएको छ भने साथीभाइबीचको सुमधुर सम्बन्ध र त्यसमा आउने उतारचढावलाई पनि ट्रेलरमा स्थान दिइएको छ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा कथा र निर्देशन प्रकु पाण्डेयको रहेको छ भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतकाका कलाकारको अभिनय रहेको छ।

बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। चलचित्र बैशाख २५ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्