सौगातको ‘बब डाईमा कुशलको गीत, भिडियो छायांकन सकियो
प्रविन श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘बब डाई’ मा कुशल पोख्रेलको गीत समावेश गरिएको छ। गीतको भिडियोको छायांकन समेत सम्पन्न भएको छ। गएको सोमबार र मंगलबार ललितपुरको भैसेपाटीमा भिडियोको छायांकन गरिएको थियो । चलचित्रका प्राय सवै समाबेश गीतको भिडियोमा मुख्य अभिनेता सौगात मल्लका दृश्यहरु भने समावेश गर्ने बाँकी रहेको बताइएको छ। चाडै रिलिजको तयारी गरिएको गीतमा कुशल स्वयंको सहाबाद रहेको छ। ‘पैसा’ गीत बाट चर्चामा आएका कुशलले चलचित्रमा अभिनय समेत गरेका छन्।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्मित ‘बब डाई’ कमेडी जनरामा आधारित छ । चलचित्रमा सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका छ । चलचित्रमा सौगात र सिम्रनका साथै सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको यस चलचित्रको सम्पादन स्वयम् निर्देशक श्रेष्ठले नै गर्दैछन् । राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता रविन्द्र प्रजापती हुन् । फिल्मको रिलिज २०८३ मै हुने तर मिती केहि समयमै घोषणा गरिने बताइएको छ ।



