बालबालिका माथि पढाइको बोझ र परिवारको सपनाको कथामा ‘रोल नं १’ को टिजर


चलचित्र ‘रोल नं १’ को टिजर सार्वजनिक भएको छ। विनोद पौडेलको निर्माणमा तयार भएको चलचित्रको टिजरले छोराको पढाइको लागी बुबाले देखेको सपना र विद्यार्थीको मनोदशाको कथालाई प्रस्तुत गरेको छ ।

विनोद पौडेलको निर्माण रहेको चलचित्रको टिजरले मौसम जस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा देखाएको छ । पढ्नका लागि छात्रवृत्तिकै भर पर्नुपर्ने बाध्यता र त्यो छिनिँदाको दुःखलाई ट्रेलरले मार्मिक ढंगले समेटेको छ । छात्रवृत्ति पाउन कक्षामा प्रथम हुनै पर्ने सरकारी नियमले कसरी आम गरिब समुदाय पढाइबाट बञ्चित भइरहेको छ भन्ने तीतो सत्यलाई टिजरले देखाउने प्रयास गरेको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता पौडेलको चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्र जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शन हुँदैछ ।


चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा रहेका छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्। विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

प्रतिक्रिया दिनुहोस्