सुशील र न्यान्सीलाई लिएर ‘अक्षरा’ को मुहूर्त
चलचित्र ‘अक्षरा’ को शुभमुहूर्त गरिएको छ। शुशिल सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, विरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय रहने चलचित्रलाई विनय राज पौडेलले निर्देशन गर्दैछन्। साथै बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि देखिनेछन्।

क्षित बाबू प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने चलचित्रको निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन् भने सुरज थापा काजी कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा सुरेन्द्र राना गीतकार , कर्णराज गिरि संगीतकार, रामजी लामिछाने कोरियोग्राफर र शंकर महर्जन द्वन्द्व निर्देशकको रुपमा रहेका छन्।



