एक्सन अवतारमा फर्किए सलिनमान बनियाँ: ‘युनीभर्सटी अफ गुण्डाज्’ को टिजरमा सार्वजनिक
नेपाली चलचित्र क्षेत्रमा चकलेटी व्वाईको रुपमा उदाएका सलिनमान बनियाँले लामै समय नेपाली चलचित्र क्षेत्रबाट टाढा रहे। सधै कमब्याकको प्रश्नको सामना गरिरहेका सलिन अन्तत: चलचित्रमा देखिने पक्का भएको छ। उनको जन्मदिनको अवसर पारेर चलचित्र ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजरमा सार्वजनिक गरिएको छ।

सलोन बस्नेतको निर्माण रहने यो चलचित्रको चर्चा चलेको केहि समय भएको थियो। एक्सन जनारमा तयार भएको चलचित्रको टिजरमा सलोन र सलिनमानका एक्सनका दृश्यहरु देख्न सकिन्छ। सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतीमा निर्माण भएको चलचित्र मार्फत उनको कमब्याक दमदार हुने अपेक्षा गरिएको छ।
टिजरमा सलिमान र सलोन एकअर्काका साथी देखिएका छन्। सलिनमान बनियाँ आफैले लेखेको चलचित्रको निर्देशन सुरेश न्यौपानेले गरेका छन्। चलचित्रमा सलोन र सलिन मुख्य भुमिकामा रहनेछन् भने अन्य कलाकारको जानकारी गराइएको छैन। सौरभ लामाको डिओपी रहने चलचित्रमा बन्दे प्रसादको सम्पादन , रोमन बज्राचार्यको ब्याकग्राउण्ड स्कोर रहनेछ।




