झन्डै ३ घण्टा पुजा र पन्चेबाजासहित ‘महाराजधिराज’ को शुभमुहूर्त


चलचित्र ‘महाराजधिराज’ को शुभमुहूर्त गरिएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित भव्य शुभमुहूर्त गरिएको हो । बिहान ८ बजेबाट सुरु भएको शुभमुहूर्तको पूजा बिहान ११ः११ बजेसम्म चलेको थियो । पूजामा चलचित्रका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देल लगायत सहभागी भएका थिए ।

परिच्छेद सेनको निर्देशनमा तयार हुने चलचित्रको छायांकन यहि २५ गतेबाट सुनसरीबाट सुरु हुनेछ । सुनसरीको श्रीलंका टापुबाट सुरु हुने चलचित्रको छायांकन सुनसरीमा एक हप्ता हुनेछ । बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा ७० दिन हुनेछ । चलचित्र नबराज थापाले खिच्नेछन् ।

चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डिसी, सुशील सिटौला, हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटाको लगायतका कलाकारको अभिनय रहनेछ।

८० जना कलाकार रहने चलचित्रमा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको अभिनय छ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता विराज बिष्ट हुन्। दशैँको फूलपातीमा रिलिज तयारी गरिएको चलचित्रका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्।

प्रतिक्रिया दिनुहोस्