टंकको ‘मन विनाको धन’ २ मा पूजा शर्मा


टंक बुढाथोकीको निर्देशनमा तयार भएको चलचित्र ‘मन बिनाको धन’ ले गएको बर्ष व्यावसायिक सफलता हासिल गर्यो। ४ करोड माथीको ग्रस कलेक्सन गर्न सफल चलचित्रको सिक्वेल ‘मन विनाको धन २’ निर्माण घोषणा केहि समय अगाडी नै भएको हो। अव भने चलचित्रको टिमले कलाकार अनुबन्ध गर्न सुरुवात गरेको छ।

चलचित्रमा अभिनेत्री पूजा शर्माको प्रवेश भएको छ। चलचित्रको मुख्य भुमिकामा पूजालाई अनुबन्ध गरिएको निर्माण टिमले बताएको छ। पूजा र टंकबिच आइतबार फिल्मका लागि कागजी संझौता भएको छ । टंक वुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा रहेको चलचित्रमा टंकको कथा र शिवम् अधिकारीको पटकथा तथा संवाद रहनेछ। चलचित्र भदौबाट छायांकनमा जाने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्